"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्वर्णलक्ष्मी सहकारी ठगी: रवि, जिबी, छविसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढने भएको छ ।

कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथीको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिबेदन बुझाएको हो । सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले प्रहरी हिरासतमा थुनामा छन्, थप केही भने अझै फरार छन ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहदाँ पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको जनाइएको छ ।

लामिछानेसहितलाइ कास्कीमा झै काठमाडौंमा पनि सहकारी ठगी, किर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ ।

२०८१ पुस १८ गते बिहीवार २०:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु