"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

महाशिवरात्रि सुरक्षा : सशस्त्र प्रहरीले १३ सय जनशक्ति परिचालन गर्ने

काठमाडौँ । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।

शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले सिनामङ्गलस्थित  नं. २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्डमा फागुन १३ गते मङ्गलबार १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलाको ओभरल कमान्ड नं.९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्नेछ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा ती सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुने जानकारी दिए ।

महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको सुरक्षा र आसपासका क्षेत्रहरूमा हुनेसक्ने आपराधिक क्रियाकलापहरू रोक्न सादा पोशाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए। सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारबाहीहरूको सुक्ष्म रूपले खबर सङ्कलन गर्ने छ ।

त्यसैगरी, आवश्यक परेको समयमा थप मद्दतका लागि नं। १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्ने गरी तयारी हालतमा राखिएको छ । मेला अवधिभर भक्तजनहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले खाने पानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट चार जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं.२० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।

२०८१ फागुन १३ गते मंगलवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु