"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताउनुभयो ।

उहाँले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जानकारी दिनुभयो ।

उहाँले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताउनुभयो ।

यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको बिमा प्रणाली लागु गर्न सकेमा आम नागरिकले कम पैसामा गुणस्तरीय सेवा पाउन सक्ने बताउनुभयो । साथै उहाँले यो वर्ष नयाँ–नयाँ स्वास्थ्यका कार्यक्रमा नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनुभययो ।

यसैगरी, मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा विस्तार गरिरहेको बताउनुभयो । उहाँले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए चार प्रतिशत लगानीले नपुग्ने उल्लेख गर्नुभयो ।

२०८२ वैशाख २३ गते मंगलवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु