रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गर्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उहाँको निजी भ्रमण रहेको सचिवालयले जनाएको छ ।
२०८३ कात्तिक ६ गते शुक्रवार १०:२४ बजे प्रकाशित






















