"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गृहमन्त्री लेखकलाई शेखरको सुझाव: राजीनामा दिएर नैतिकता देखाउनुस्

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

उनले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु नै उपयुक्त भनाइ राखे। उनले भने, ‘रमेशजीले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयमातहतका कर्मचारी, गृहमन्त्री लेखकको सचिवालयमै कार्यरत कर्मचारीको संलग्नताको आरोप लागिरहेको छ। जसमा  गृहमन्त्री लेखकमाथि समेत प्रश्न उठिरहेका बेला  कोइरालाले यस्तो सुझाव दिएका हुन्।

२०८२ जेठ १० गते शनिवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु