"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मैले आजसम्म भ्रष्टाचार गरेको छैन, पतन्जलिजस्तो संस्थामा यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ : माधव नेपाल

रौतहट । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।

आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका हुन् ।

उनले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।’

आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको समेत बताए ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।’

२०८२ जेठ २२ गते बिहीवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु