ब्रह्मलुट मच्चाइएको बजेटको पर्दाफास गर्न वेल घेराउबीच बोल्न बाध्य भयौँ: प्रकाश ज्वाला
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको बताएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताएका हुन् ।
मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना गरे। ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ । मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्यचौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना गरे । ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ । मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्यचौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’
२०८२ असार २ गते सोमवार १७:१७ बजे प्रकाशित






















