दुई दिन उता सर्यो संसद् बैठक
काठमाडौं । आज साढे ४ बजेसम्मका लागि स्थगित भएको संसद बैठक दुई दिन उता सरेको छ।
बैठक बिहीबार ५ गते बिहान ११ बजेसम्मका लागि पुन: सरेको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ।
पहिलो बैठक आज साढे २ बजे बसेको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अवरोध जारी राखेपछि साढे ४ बजेका लागि सारिएको थियो। तर, बैठक साढे ४ मा पनि नबसी सर्यो।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनपछि मात्रै सदन खुलाउन सक्ने अड्डी कस्दै आएको छ। त्यसका लागि सत्तापक्ष दलहरू भने तयार देखिँदैनन्।
२०८२ असार ३ गते मंगलवार १७:४५ बजे प्रकाशित






















