"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन

काठमाडौं। ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीलाई रिबन काट्न लगाएका थिए।

ओभरपास उद्घाटन भएसँगै अब चक्रपथमा गुड्ने सवारी साधनहरू ग्वार्को चोकमा नरोकिईकनै पुल माथिबाट आवतजावत गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ।

२०८२ असार ६ गते शुक्रवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु