"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पपुलिजमका नाममा रास्वपा र बालेनहरूले एमालेमाथि हमला गरिरहेका छन्: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा आफ्नो पार्टी माथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन्।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौँ बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई राजावादी, कम्युनिस्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।

‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् ।राजावादी,माओवादी,समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरु हामी माथि खनिएका हुन् ।’महासचिव पोखरेलले एमाले माथि हमला गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी  र बालेन शाहहरू भएको बताएका छन्। ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरुले एमाले माथि हमला गरिरहेका छन्’ पोखरेलले भने, ‘ किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन्।’

एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन  भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उनले बताए।  ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चित कालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरु एमाले विरुद्ध खनिएका छन्। राजावादीको गालिबाट हामी विचलित हुनुहुँदैन । उनीहरुले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौँ ।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमाले माथि हमला गर्न आउने गरेको उनले बताए।

२०८२ असार १२ गते बिहीवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु