"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वराष्ट्रपति विद्या भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी हुन् ।

भण्डारी निकट स्रोतले भन्यो ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो, बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’

आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी छ ।

‘अहिले सरकारले उहाँलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।

२०८२ असार १६ गते सोमवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु