"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

किराना पसलको नाममा डेढ अर्बको क्रिप्टोकरेन्सी कारोबार : दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले किराना पसलको नाममा डेढ अर्ब बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा कालोपुलमा रुपेशकुमार गुप्ताले सञ्चालन गरेको राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा भइरहेको डेढ अर्बको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा भारत विहारका ४३ वर्षीय रूपेशकुमार गुप्ता र २२ वर्षीय विपिनकुमारलाई पक्राउ गरेको हो।

राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरिरहकोको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले ८ लाख २० हजार नेपाली रुपियाँ र  १० हजार भारु र एकथान सिसिटिभी डिभिआर बरामद गरेको छ।  प्रहरीले उनीहरूको साथबाट  संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो वस्तु समेत बरामद गरकोको छ।

एक अर्ब ५० करोड भन्दा माथिको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर र वन्यजन्तु सम्बन्धी कसुर लगाउने तयार गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान सुरु भएको प्रहरी उपरीक्षक एवं सिआइबी प्रवक्ता युवराज खड्काले विज्ञप्तिमार्फत् जानकारी दिए।

२०८२ असार २४ गते मंगलवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु