"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

छाउगोठ भत्काउन अभियान थाल्न सांसद चन्दको आग्रह

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेको छिन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गरेको छिन् ।

राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरूलाई आह्वान गरिन्। उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जली अपर्ण

कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो । “कानुनी रूपमा गोठ राख्न पाइन्छ कि पाइँदैन? कसुरजन्य अपराधलाई प्रशय दिनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ”, सांसद चन्दले भनिन्, “तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?”

२०८२ असार ३१ गते मंगलवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु