"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अख्तियारलाई राप्रपाको ज्ञापनपत्र: नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग

काठमाडौं । राप्रपाले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनस् र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई बुझाईएको ज्ञापनपत्रमा केन्द्र, प्रदेश, स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा देखिएको राप्रपाले उल्लेख गरेको छ ।

सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता र प्रभावकारिताको भन्दै अख्तियारमाथि नै राप्रपाले प्रश्न उठाएको छ ।

२०८२ साउन २ गते शुक्रवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु