"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार  बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटब्यूरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । अब ४० जना सदस्यले बोल्न बाँकी छ ।

सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिटब्यूरो बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिनुभयो ।

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ।

२०८२ साउन ३ गते शनिवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु