अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता सुरु भएको हो ।
उनले भने, “भेटवार्ता भर्खरै सुरु भएको छ । यो उहाँहरुबिचको नियमित भेट हो ।”
पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाएको छन् ।
२०८२ साउन ४ गते आइतवार १७:१५ बजे प्रकाशित























