जेनजी आन्दोलनपछि कांग्रेसको पहिलो बैठक बस्दै, सभापति देउवा उपस्थित हुने
काठमाडौँ, २ असार
गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस
काठमाडौँ । नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सो बैठक बस्दैछ । यस बैठकमा जेन्जी आन्दोलनपछिको नयाँ राजनीतिक अवस्था र प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि काँग्रेसको पहिलो कार्यसमितिको बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।
उनले भने, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। समसामयिक राजनीतिक विषयमा सघन छलफल हुनेछ ।”
उनका अनुसार बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन् । भदौ २४ गते सभापति देउवाको निवासमा भएको आगजनीपछि उनीहाँ अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएको छैनन्।
२०८२ असोज २२ गते बुधवार १७:४१ बजे प्रकाशित






















