कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई, देउवा उपचारका लागि सिंगापुर जाने
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन्।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन् ।
आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यस क्रममा उनले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
२०८२ असोज २८ गते मंगलवार १७:४० बजे प्रकाशित























