"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रिय सभाका सचिव अर्यालले दिए पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्  । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट दिएको उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।

२०८२ कात्तिक ११ गते मंगलवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु