समाचार सच्याइएकोबारे सूचना
काठमाडौं । हाम्रो समाचार माध्यमले पहिला प्रकाशित “राष्ट्रपति रामचन्द्र पौडेलले पनि दिए राजिनामा” शीर्षकको समाचारमा तथ्यगत त्रुटि भएको पाइएकोले सो समाचार सच्याइएको छ।
नेपाल सरकार तथा राष्ट्रपति कार्यालयबाट प्राप्त पछिल्लो आधिकारिक सूचनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिएका छैनन्।
पहिले प्रकाशित समाचारमा उल्लेख गरिएको जानकारी असत्य रहेकाले त्यसबाट उत्पन्न भएको भ्रमप्रति हामी गहिरो खेद प्रकट गर्दछौं।
हाम्रो उद्देश्य जनतालाई सही र विश्वसनीय सूचना प्रदान गर्नु हो। भविष्यमा यस्ता त्रुटि नदोहोरियोस् भन्नेमा हामी प्रतिबद्ध रहन्छौं।
उपभोक्ता नेपाल डटकम
२०८२ कात्तिक १४ गते शुक्रवार १७:२४ बजे प्रकाशित






















