समानुपातिकतर्फ राप्रपाले पार गर्यो ३ प्रतिशतको थ्रेसहोल्ड
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ।
२१ फागुनमा भएको मतदानपछि जारी मतगणनाअनुसार हालसम्म ९३ लाख ६० हजार ७६९ मत गणना भएको छ। सोमध्ये राप्रपाले ३ लाख १६० मत प्राप्त गरेको छ।
यो संख्या गणना भइसकेको कुल सदर मतको ३.१९ प्रतिशत हो। प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व पाउन कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।
यससँगै राप्रपाले समानुपातिकतर्फ संसदमा प्रतिनिधित्व गर्ने आवश्यक मतसीमा पार गरेको छ।
२०८२ फागुन २५ गते सोमवार १७:२७ बजे प्रकाशित





















