"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा यो करिब ३.५ प्रतिशत हो।

समानुपातिक तर्फ सिट पाउनका लागि कुल मतको ३ प्रतिशत भन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ।

श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९० हजार ७१ मत प्राप्त गरेको छ।

अन्य प्रमुख दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४२ लाख, नेपाली कांग्रेसले १४ लाख, नेकपा एमालेले १२ लाख र नेपाली कम्युनिस्ट पार्टीले ६ लाखभन्दा बढी मत आइसकेको छ।

प्रत्यक्ष निर्वाचनमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन्।

यसैगरी, इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा रहेका छन्।

२०८२ फागुन २५ गते सोमवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु