पत्रकारले प्रश्न सोध्दा मर्यादा कायम गर्नुपर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र भनाइ प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय पत्रकारितामा समेत प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिने अभ्यास रहेको दाबी गर्नुभयो। साथै, अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
२०८३ असोज ४ गते आइतवार १६:५२ बजे प्रकाशित























