"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग जुट्ने क्रम बढेको छ । सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये सरकारले यसअघि एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

कोषको रकममध्ये विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ । यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

२०८३ असोज ५ गते सोमवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु