"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

घुस आरोपपछि गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीबाट हटाइए

पोखरा । पद्म नर्सिङ होमलाई ५० बाट १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति प्रक्रियामा घुस लेनदेनको आरोप लागेपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ।

मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको हो। प्रकरणमा तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उहाँका स्वकीय सचिव यादव पौडेलको भूमिकामाथि पनि प्रश्न उठेको छ।

सरकारले अस्पताल सञ्चालन तथा स्तरोन्नतिसम्बन्धी पछिल्ला दुई वर्षका निर्णयबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। साथै, घटनाबारे अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ।

छानबिन टुङ्गो नलागेसम्म पद्म नर्सिङ होमलाई १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति कार्यान्वयन नगर्ने निर्णय पनि सरकारले गरेको छ।

२०८३ असोज ५ गते सोमवार १०:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु