जलवायु संकटप्रति विश्व र नेपालको नेतृत्व गम्भीर भएन : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्र तथा नेपालको राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन् ।
शनिबार नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारण सभामा बोल्दै उनले चुरे संरक्षणलाई बेवास्ता गर्दा हिमाल, पहाड र तराईको वातावरणमा गम्भीर असर पर्ने बताए ।
वैज्ञानिक चेतावनी र प्रतिवेदनलाई बेवास्ता गर्ने प्रवृत्तिले पृथ्वीको भविष्य जोखिममा परेको उल्लेख गर्दै उनले वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
२०८३ असोज २४ गते शनिवार २०:३८ बजे प्रकाशित























