उपभोक्ता सचेतना : घटेको मूल्यमा ग्यास नबेच्नेलाई निगमले कारबाही गर्ने
काठमाडौं । नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई कारबाही गर्ने बताएको छ। उपभोक्ताहरुलाई पनि आफै सचेत हुन आग्रह समेत गरेको छ ।
निगमले असोज ६ गतेको गरेको बजार अनुगमनमा ग्यास उद्योगीहरूले आफ्ना बिक्रेता मार्फत् ग्यास बिक्री वितरण गराउँदा घटेको मूल्यमा बिक्री नगराएपछि निगमले त्यस्ता उद्योगीलाई कारबारही गर्ने बताएको हो।
निगमले असोज ३ गते राति १२ बजेदेखि लागु हुने गरि एलपी ग्यासको साविकको मूल्यमा प्रति सिलिण्डर २५ रूपैयाँ घटाएको छ। सो अनुरूप अब काठमाडौं उपत्यका लगायतको अन्य पहाडी क्षेत्रमा ग्यास प्रति सिलिण्डर १३ सय ५० रूपैयाँ भएको छ।
त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ र अन्य तराई क्षेत्रमा १३ सय ३० रूपैयाँ भएको निगमले जानकारी दिएको छ।
२०७६ असोज ८ गते बुधवार १२:३० बजे प्रकाशित






















