उपभोक्ता विभागले तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री, कटुवाल स्टोर्सलाई २ लाख जरिमाना
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ ।
विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिमाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट गएका निरिक्षण अधिकृत दिपक पोखरलले जानकारी दिएका छन्
त्यस्तै, विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०/५० हजार रुपैयाँ जरिमाना गरेको छ ।
२०७७ वैशाख १२ गते शुक्रवार १०:१६ बजे प्रकाशित























