१२ वर्षमाथिकोले लगाउन मिल्ने फाइजर खोप नेपाल आईपुग्यो
काठमाडौं । १२ वर्षमाथिको उमेर समुहले लगाउन मिल्ने कोरोना विरुद्धको फाईजर खोप काठमाडौं आईपुगेको छ ।
अमेरिकी कम्पनिको यो खोप कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको हो । ९५ प्रतिशत प्रभावकारी रहेको यो खोपको १ लाख डोज १२ वर्षभन्दा माथिकालाई लगाउन सकिनेछ । यसअघि नेपालमा १८ वर्षभन्दा मुनिकालाई खोप लगाइएको थिएन ।
सरकारले १२ वर्षमाथिका दिर्घ रोगीलाई यो खोप लगाउने तयारी गरेको बताइएको छ । माइनस ७० डिग्रीभन्दा माथिको तापक्रममा राख्नुपर्ने यो खोपको ६० लाख डोज आगामी पुषमा नेपाल ल्याउने तयारी भईरहेको छ ।
२०७८ कात्तिक ८ गते सोमवार १३:४१ बजे प्रकाशित























