मलेसियाका लागि छनोट भएका २५ म्यानपावरमाथि विभागको अनुगमन
काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा छनोट भएका २५ म्यानपावर कम्पनीमाथि मंगलबारदेखि अनुगमन सुरु गरेको छ ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार ती कम्पनीमाथि एकाधिकार कायम गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको विभागले ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने चेतावनी दिएको छ ।
यसैबीच, मलेसिया रोजगारीका समस्या समाधान गर्न सरकारले संयुक्त कार्य समूहको बैठक बस्न प्रस्ताव गरेको छ ।
२०८३ कात्तिक १० गते मंगलवार १४:१५ बजे प्रकाशित






















