स्थानीय चुनावलाई ध्यानमा राखेर कांग्रेस अधिवेशनको मिति तय गरिने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन् ।
पोखरामा आयोजित कार्यक्रममा उनले केन्द्रीय समिति बैठकमा छलफल गरेर अधिवेशनको मिति निर्धारण गरिने बताए ।
थापाले पार्टीभित्रको गुटबन्दी, तिक्तता र असहिष्णुता अन्त्य गर्दै प्रतिस्पर्धामा पराजित भएका योग्य नेताहरूलाई समेत जिम्मेवारी दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पार्टीभित्र जित्ने र हार्नेबीच विभाजन नगरी सबैको योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने बताए ।
२०८३ कात्तिक १० गते मंगलवार १४:५३ बजे प्रकाशित























