"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चक्रवातको प्रभावले सर्लाहीका किसान चिन्तित, धान भित्र्याउन हतार

सर्लाही – ‘अर्नब’ चक्रवातको प्रभाव देखिन थालेपछि सर्लाहीमा मौसम बदली भएको छ। भारी वर्षाको सम्भावनासँगै धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन्।

लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर र बागमतीलगायत क्षेत्रमा किसानले धान काटेर खेतमा राखेका छन्। केही किसानले धान भित्र्याइसकेका छन् भने कतिपयले मौसमको अवस्था हेरेर मात्र भित्र्याउने तयारी गरेका छन्।

सम्भावित वर्षालाई मध्यनजर गर्दै स्थानीय तह र प्रशासनले सतर्क रहन तथा काटेको धान सुरक्षित गर्न आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले विपद् आइपरे सबै निकाय समन्वय गरेर काम गर्ने तयारी गरिएको बताउनुभयो।

२०८३ कात्तिक ११ गते बुधवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु