थप ४२ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ । देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
२०७९ चैत १६ गते बिहीवार १७:४१ बजे प्रकाशित






















