पूर्वगृहमन्त्री खाणलाई थुनामा राख्न ४ दिनको अनुमति
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।
प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
२०८० वैशाख २७ गते बुधवार १९:०३ बजे प्रकाशित























