कांग्रेसमा काम गर्नेले जिम्मेवारी पाउँछन् : गगन थापा
स्याङ्जा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा काम गर्नेले जिम्मेवारी पाउने बताउनुभएको छ।
सोमबार स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा उहाँले पार्टीभित्र स्वार्थ नरहेको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
थापाले कांग्रेसले विगतको निर्वाचनमा मत नभई जनताको विश्वास गुमाएको उल्लेख गर्दै विश्वास पुनःस्थापित गर्न सके मत आफैँ आउने बताउनुभयो। उहाँले विधानअनुसार टिकट वितरण गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य रहेको बताउनुभयो।
२०८३ कात्तिक ९ गते सोमवार १५:५६ बजे प्रकाशित























