"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच शिष्टाचार भेटवार्ता, नेपाली विद्यार्थीलाई सहजीकरण गरिने

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाली विद्यार्थीको हित संरक्षण, अध्ययनका क्रममा आवश्यक सहयोग र सम्भावित समस्या समाधानका विषयमा कुराकानी भएको हो ।

भेटमा मन्त्री पोखरेलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)उपलब्ध गराउने र विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

उहाँले समकक्षता निर्धारणको काम अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै प्रक्रियामा आवश्यक नीतिगत सुधारसमेत भइरहेको उल्लेख गर्नुभयो ।

राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको सम्बन्ध थप सुदृढ गर्दै उच्च शिक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०८३ कात्तिक १० गते मंगलवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु