"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बजेटमा असहमति भए पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा एमाले

काठमाडौं । नेकपा एमालेले बजेटमा असहमति भए पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेकाे जनाएकाे छ । पार्टीका महासचिव शंकर पोखरेलले बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको प्रष्टीकरण दिएका छन्।

उनले पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बजेटमाथि असहमति रहे पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेको बताए।उनले बजेटमा असहमतीकाे कुरा राखे पनि सरकारको निरन्तरताको पक्षमा रहेकाले बजेटका पक्षमा एमाले रहेकेा प्रष्ट्याए ।  बजेट आइनै सक्यो, कमी देखिए कार्यान्वयन प्रक्रियामा सुधार गरेर जानुपर्छ भन्ने कुराले एमाले बजेटको विपक्षमा जादैन भनेर सबैले बुझ्न जरूरी रहेकेा उनकाे भनाइ थियाे । बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएकाे यी कुराहरू  सरकारलाई सफल बनाउन दिएको सुझावका रूपमा लिनु पर्ने उनले बताए ।

उनले यो सत्ता समीकरण बनाउने एमाले मुख्य साझेदार रहेकाे र यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहेकाे बताए । उनले यही कारण पनि सत्ता समिकरण बीचमा दायाँबायाँ हुने अवस्था नरहेकाे बताए । उनले भने-‘यो बीचमा केही गर्छौँ कि भन्ने मनसाय छैन। ०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।’

 

२०८१ जेठ २४ गते बिहीवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु