"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भक्तपुरमा ट्रकको ठक्करले महिलाको मृत्यु, गट्ठाघर तनावग्रस्त

भक्तपुर । भक्तपुरमा स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सनाखत हुने भैसकेको छैन । दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएर ट्रकमुनि पुगेका स्कुटर चालकलाई निकाल्न दिएका छैनन् ।

ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।

अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ ।

सो क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।

२०८१ साउन ३१ गते बिहीवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु