प्रधानमन्त्री शाह नयाँ दिल्ली पुगे, आज जयशङ्करसँग भेटवार्ता
काठमाण्डौ – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । उहाँ आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे दिल्ली पुग्नुभएको हो । विमानस्थलमा उहाँलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री शाह ताज होटलमा बस्नुहुनेछ । आज साँझ उहाँले भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग होटलमै भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।
२०८३ मंसिर ६ गते आइतवार १८:१९ बजे प्रकाशित























