"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पाथीभरामा केबलकार होइन, पैदलमार्ग विस्तार गर्नुपर्छः राप्रपा नेपााल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकार नभई पैदलमार्ग विस्तार गर्नुपर्ने बताएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महामन्त्री राजाराम बर्तौलाले केही दिनदेखि पाथीभरामा देखिएको तनावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “पवित्र तीर्थस्थल क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दुर्भाग्यपूर्ण अवस्था हो । साक्षात देवी पाथीभरा माताको क्षेत्रमा केवलकार होइन, सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालयको विकास र विस्तार गर्नुपर्दछ । त्यस क्षेत्रको काफ्लेपाटीभन्दा माथी माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु उपयुक्त हुन्छ ।”

आन्दोलनरत पक्षले गरेको अनिश्चितकालीन यातायात बन्दले उक्त क्षेत्रको जनजीवन प्रभावित भएकोले केबलकार निर्माणको कार्यलाई तत्कालका लागि स्थगन गरी वार्ता गर्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।

२०८१ माघ २० गते आइतवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु