"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो?

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।

उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए।

प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए।

उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए।

उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्‍यो? जगजाहेर रहेको भन्दै प्रश्न गरे।

उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए।

उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै  विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए। उनले न्यायिक छानबिनको माग गरे।

 

२०८१ चैत १८ गते सोमवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु