"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरियो, सरकार सच्चियोस् : सांसद झा

काठमाडौँ। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए ।

उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे। उनले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसकेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ ।

‘‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उनीमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।,’’ उनले भने, ‘‘यही १४ गते काठमाडौँमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिए । नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए हिरासतमा पुर्‍याएँ । उनलाई धन्यवाद छ स्वीकार्नु भयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न गरे।

२०८२ वैशाख १६ गते मंगलवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु