"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पक्राउ परेको ४ घण्टापछि रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई रिहा गरिएको कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले जानकारी दिए ।

उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

२०८२ वैशाख १७ गते बुधवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु