"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री ओलीले पाए भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेको छन् ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् ।

यद्यपि प्रधानमन्त्री कहिले भारत भ्रमणमा जाने त्यो कुरा अझै टुँगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भयो अब कहिले जाने त्यो विषयमा दुवै देशका विदेश मन्त्रालयले मिति तय गर्नेछ ।’

२०८२ भदौ १ गते आइतवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु