रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गरिदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए ।
उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षण भइरहेको नेता बोहराले बताए ।
२०८२ भदौ २ गते सोमवार १७:२७ बजे प्रकाशित






















