रास्वपा केन्द्रिय सदस्य २० हजार धरौटीमा रिहा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् ।
साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको उजुरी परे पछि उनी गत बुधवार पक्राउ परेका थिए ।
२०८२ भदौ १३ गते शुक्रवार १७:१४ बजे प्रकाशित






















