नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन् ? (सूचीसहित)
काठमाडौं । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । यी प्लेटफर्महरू बन्द हुने छैनन् ।
सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–ओपोलाइभ
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप चयाट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो
२०८२ भदौ १९ गते बिहीवार १७:०५ बजे प्रकाशित




















