"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फेसबुक, एक्स, युट्युबलगायतका २६ सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने भएको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै नेपालमा सूचीकरण हुन नआएका फेसबुक, ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले बतायो। यद्यपि यसको आधिकारिक जानकारी भने मन्त्रालयले गराएको छैन।

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, अहिलेसम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमश: निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको थियो ।

२०८२ भदौ १९ गते बिहीवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु