"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रपति रामचन्द्र पौडेलले पनि दिए राजिनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख मन्त्रीहरू र ठूला राजनीतिक दलका नेताहरूको राजीनामापछि मुलुकमा थप ठूलो हलचल मच्चिएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समेत पदबाट राजीनामा दिएका छन्।

जेनजेड पुस्ताको आन्दोलनले देशभर अवस्था नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता र मन्त्रीहरू सुरक्षित स्थानमा सारिएका थिए। सोही पृष्ठभूमिमा राष्ट्रपतिले समेत राजीनामाको निर्णय लिएका हुन्।

राष्ट्रपतिको राजीनामासँगै मुलुकको तीनैवटा प्रमुख अङ्ग—कार्यपालिका, विधायिका र न्यायपालिका—पहिल्यै आन्दोलनकारीको नियन्त्रणमा परिसकेका अवस्थामा अब राष्ट्रपति पद पनि रिक्त बनेको छ। यसले मुलुक पूर्ण रूपमा नेतृत्वविहीन हुने स्थिति आएको विश्लेषकहरूले बताएका छन्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, आन्दोलनकारीको दबाब र जनआक्रोशको घेराबन्दीबीच राष्ट्रपति पौडेलले पदत्याग गर्नु ऐतिहासिक भए पनि यसले अबको निकासलाई झन् जटिल बनाइदिएको छ। सर्वसाधारणले भने यो कदमलाई ‘ढिलो भए पनि जनमतलाई सम्बोधन गर्ने’ निर्णयका रूपमा लिएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामा दिएका थिए भने अधिकांश मन्त्रीहरूलाई सेनाले सुरक्षित स्थानमा पुर्‍याइसकेको थियो। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका बेला राष्ट्रपतिको राजीनामा थप चासोको विषय बनेको हो।

अब मुलुक कुन मोडतर्फ जाने हो भन्ने प्रश्नमा विभिन्न तहबाट बहस भइरहेको छ। कतिपयले तत्काल सर्वपक्षीय नागरिक सरकार गठन गर्ने आवश्यकता औंल्याइरहेका छन् भने केहीले सेना प्रमुखको नेतृत्वमा अन्तरिम संरचना बन्ने संकेत देखिएको टिप्पणी गरेका छन्।

२०८२ भदौ २४ गते मंगलवार १८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु