१५ औं महाधिवेशनबाट नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु: देउवा
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले अब आउने महाधिवशेनबाट आफूबाहेक अरु कुनै व्यक्ति सभापति हुने विश्वास व्यक्त गरे।
उनले देशको वर्तमान विषम परिस्थितमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध,सुगंठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावन अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य आवश्यक रहेको बताए।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र ,निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको धारणा राखे। उनले भने,’ सरकारले प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। निर्वाचनको वातावरण बन्न सकेको छैन।’
२०८२ असोज २८ गते मंगलवार १७:२१ बजे प्रकाशित























